कर्णाली प्रदेशमा ३३ अर्ब ७४ करोडको बजेट सार्वजनिक, गाडी खरिदमा रोक

काठमाडौं, १ असार । कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण, भोकमरी, कृषि उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकारले पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार, चालुतर्फ ११ अर्ब ६७ करोड र वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब ९९ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

चालु अन्तर्गत कोरोना उपचारमा ८७ करोड ४१ लाख, रोजगारतर्फ दुई अर्ब ५८ करोड २६ लाख र प्रशासनिकतर्फ आठ अर्ब ५१ करोड ९० लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

रोजगारीको अवसर सिर्जना गर्न ६ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको छ । साथै भूमि तथा कृषि क्षेत्रको लागि दुई अर्ब ७० करोड बजेट विनियोजन गरिएको छ ।
त्यस्तै एम्बुलेन्सबाहेक अरु गाडी खरिदमा रोक लगाएको छ ।

ज्वालाले सदनमा बजेट प्रस्तुत गर्दै चालु खर्च तर्फ कोभिड १९ रोकथाम र नियन्त्रणका लागि ८७ करोड ४१ लाख तथा रोजगार तर्फका कार्यक्रममा २ अर्ब ५८ करोड बजेट विनियोजन गरेको बताए ।

यस्तै अन्य कार्यक्रम र प्रशासनिक खर्च तर्फ ८ अर्ब ५१ करोड ९० लाख बजेट विनियोजन गरेको उनले बताए । जुन विनियोजित बजेटको २५ प्रतिशत हो ।

ज्वालाले आगामी आर्थिक वर्षमा कुनै पनि सवारी साधन खरिद गर्न रोक लगाइएको जानकारी दिएका छन्। ‘एम्बुलेन्सबाहेकका अन्य सवारी साधन खरिदमा रोक लगाइएको छ’, बजेट भाषण गर्दै उनले भने, ‘यसले अनावश्यक खर्च पनि रोकिनेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here