यामाहाले ल्यायो नयाँ अफर

काठमाडौं । लकडाउको कारण बन्द रहेको खुलेपछि यामाहा कम्पनीले नयाँ योजना ल्याएको छ । यामाहाको सर्वाधिक सफल मोडल एफजेडएस भी ३ किन्न खोज्नेलाई कम्पनीले अफर ल्याएको हो ।

कम्पनीले सार्वजनिक गरेको अफरमा शुन्य प्रतिशत ब्याजदर, शुन्य डाउनपेमेन्ट र नगद १० हजार डिस्काउन्टसमेत गरि तीन योजना अगाडि ल्याएको छ ।

संगठित क्षेत्रमा काम गर्ने मानिस जो संग डाउन पेमेन्ट गर्न रकम हुदैन यस योजना अन्र्तगत ३ वर्ष भित्र रकम तिर्नेगरी शुन्य प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल लिन सक्नेछन् ।

एक वर्ष भित्र मूल्य चुक्ता गर्ने गरी कर्पोरेट क्षेत्रमा कार्यरत ग्राहकहरुका लागि शुन्य प्रतिशत ब्याजदरमा बाइक वा स्कुटर उपलब्ध गर्ने कम्पनीले जनाएको छ ।

पुरा रकम बुझाएर बाइक वा स्कुटर किन्न चाहेमा नगद छुट योजना अन्तर्गतनगद १० हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।

यामाहा एफजेडएस भी ३ को मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ । शुन्य प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्दा ३ बर्षसम्ममा सबै रकम चुक्ता गर्नु पर्ने छ । यस योजनामा मोटरसाइकल किन्ने ग्राहकले मासिक ११ हजार ४०६ रुपैयाँ किस्ता तिर्नु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here