काठमाडौं, १ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बजेटले स्वास्थ्य कृषि र पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकता राखेर बजेट सार्वजनिक गरेका हुन् ।
ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात ५१.१२ प्रतिशत विनियोजन गरिएको छ ।
त्यस्तै पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात ४८.८८ प्रतिशत बजेट विनियोजन भएको छ ।
बजेटको स्रोत व्यवस्थापनमा राजश्वबाट २० अर्ब ८३ करोड ७९ लाख, अन्तर सरकारी अनुदानबाट १७ अर्ब ८६ करोड ९८ लाख अन्य राजश्वबाट ५ अर्ब १२ करोड ९७ लाख र राजश्व बचतबाट अनुमानीत ७ अर्ब ५० करोड हुने उनले बताए ।
पूर्णपाठ