कृषि विकास बैंक संचालक समिति सदस्यमा रघुराम विष्ट नियुक्त

काठमाडौं, १२ वैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने गरी नेपाल सरकारको निर्णय अनुसार सहसचिव रघुराम विष्ट कृषि बिकास बैंक लिमिटेडको संचालक समिति सदस्यमा नियुक्त भएका छन् ।

नवनियूक्त संचालक सदस्य विष्टलाई बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवालले बैंकको केन्द्रिय कार्यालय रामशाहपथमा पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

उक्त अवसरमा कृषि विकास बैंक संचालक समितिका सदस्यहरु विष्णुप्रसाद नेपाल, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव निर्मल प्रसाद उपाध्याय र बैंकका प्रवक्ता हिमलाल पौडेलको समेत उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here