स्टक डिलरको अनुमति प्रक्रिया अगाडि बढाउन धितोपत्र बोर्डको पत्रचार

काठमाडौं, २ असार । नेपाल धितोपत्र बोर्डले स्टक डिलरको अनुमति लिने प्रक्रिया शिघ्र अगााडि बढाउन नागरिक लगानी कोषलाई पत्रचार गरेको छ ।

नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शीघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया शीघ्र अगाडि बढाउन पत्राचार गरेको बोर्डले जनाएको छ।

बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्थाका लागि धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा संशोधन गरिसकेको छ ।

साथै, पूँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न आगामी आर्थिक वर्ष स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने नेपाल सरकारको बजेट बक्तव्यमा समेत उल्लेख भएको छ ।

नेपालको पूँजी बजारमा हाल स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेकोले धितोपत्रको दोस्रो बजारमा बेलाबखत उतारचढाव आइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here