भर्चुअल कन्सर्टमा प्रस्तुति दिँदै दिवेश पोखरेल

काठमाडौं । अमेरिकन आइडलबाट चर्चामा आएका नेपाली मुलका गायक दिवेश पोखरेल अर्थात् ‘आर्थर गन’ले भर्चुअल कन्सर्टमा प्रस्तुति दिने भएका छन् ।

अमेरिकी दुतावासको आयोजनामा जुन १९ अर्थात असार ५ गते ६ बजे साँझ हुन लागेको भर्चुअल कन्सर्टमा गायक पोखरेलले प्रस्तुति दिने लागेका दुतावासले जनाएको छ ।

भर्चुअल कन्सर्टमा दिवेश पोखरेल ‘आर्थर गन’ लगायत स्वप्न सुमन, तृष्णा गुरुङ तथा समृद्धि राइले पनि आफ्नो प्रस्तुति दिनेछन् ।कार्यक्रममा प्रसिद्ध फेशन डिजाइनर प्रवल गुरुङ्ग र डा अरुणा उप्रेतीले पनि राजदूत बेरीसँगै आफ्नो सन्देश दिने दुतावासले जनाएको छ ।

सामाजिक संजालमा दिबेशले राखेको भिडियोमा सहमति जनाउँदै आर्थर गनले पनि प्रस्तुति दिने भन्दै दुतावासले लेखेको छ– ‘तपाईंले भन्नुभयो, हामीले मान्यौं।’ पोखरेल अमेरिकन आइडलको १८ औं सिजनको उप बिजेताहुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here