सवा १ खर्बले भुक्तानी सन्तुलन बचतमा

काठमाडौं २, असार । गत वैशाखमा भुक्तानी सन्तुलन (शोधनान्तर) १ खर्ब २० अर्ब ९० करोड रुपैयाँले बचतमा छ । सरकारले गरेको लकडाउनको कारणले सो अवधिमा भुक्तानी सन्तुलनमा सुधार भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोड रुपैयाँले घाटामा थियो । गत चैतको तुलनामा वैशाखको शोधनान्तर बचत करिब ८४ अर्ब रुपैयाँले बढी हो । गत चैतमा शोधनान्तर ३६ अर्ब ६१ करोड रुपैयाँले बचतमा थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनासम्म ६० करोड २ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा छ ।

२०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले बृद्धि भई गत बैशाखमा १२ खर्ब ३५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here