बाली लगाउनु अघि नै धानको न्यूनतम समर्थन मूल्य तोकियो

काठमाडौं, ३ असार । नेपालमा बाली लगाउनु अघि नै धानको न्यूनतम समर्थन मूल्य तोकिएको छ ।

कृषि मन्त्रालयको सिफारिस र उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको प्रस्तावमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले धानको समर्थन मूल्य तोकेको एक मन्त्रीले जानकारी दिए।

यस वर्ष लगाइने मध्यम धानको मुल्य प्रति क्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ र मोटा धानको मूल्य २ हजार ७ सय ३५ तोकिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र विज्ञ टोलीले मूल्य प्रस्तावित गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here