आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकलाई कोषको रकम खर्च गरेर ल्याउछौं’

काठमाडौं, ३ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा अप्ठ्यारो परेका नेपालीलाई कोषको रकम खर्च गरेर ल्याउने बताएका छन् ।

बुधबार राष्ट्रिय सभामा बोल्दै मन्त्री यादवले आफ्नै खर्चमा फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर फर्काउन आवश्यक काम गरिसकेको बताएका हुन् ।

मंगलबार सर्वोच्च अदालतले विदेशमा समस्यामा परेका नेपालीमध्येमा पनि श्रम स्वीकृति लिई रोजगारीमा गएका, करारको अवधि नपुगी फर्कनुपर्ने अवस्थामा रहेर अलपत्र परेका, रोजगारदाताले टिकट नदिने र आफैंले टिकट काट्न नसक्ने अवस्थाका श्रमिकलाई कल्याणकारी कोषको रकम खर्च गरी घरसम्म पुर्‍याउन सर्वोच्चले आदेश दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here