पछिल्लो २४ घण्टामा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यीसहित कुल संक्रमित ७ हजार १७७ पुगेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा संक्रमित थपिएको जानकारी दिए।

पछिल्लो २४ घण्टामा ९ जना पुरुष कोरोनामुक्त भएका छन्।

उनका अनुसार हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमा महिला १ सय १२ र पुरुष १ हजार ५५ छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here