लकडाउनमा भित्रियो ३ लाख टन खाद्यान्न, गेडागुडीको आयत १४ प्रतिशतले बढ्यो

काठमाडौं, ४ असार । कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा गरेको लकडाउन केहि खुकुलो बनेको छ ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएसँगै कोरोनासम्बन्धी उच्चस्तरीय समितिको बैठकले चैत ११ देखि लक डाउन गर्ने निर्णय गरेको थियो ।

संक्रमण विस्तार रोक्नका लागि सरकारले लगाएको लकडाउनमा पनि अत्यावश्यक वस्तुको आयात भने नियमितरूपमा भइरहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार लक डाउनको अवधिमा जेठ ३२ गतेसम्म ३ लाख १२ हजार ८८१ टन खाद्यान्न आयात भएको छ ।

७८ हजार २ सय २७ टन दलहन, ९९ हजार ३७३ टन तकारी आयात भएको मन्त्रालयको तथ्यांक छ । १२ हजार ३११ टन दुग्धजन्य पदार्थ आयात भएको छ ।

खाद्यान्न ६.९ प्रतिशत, गेडागुडीमा १४ प्रतिशत आयात बढेको मन्त्रालयलको तथ्यांक छ । लकडाउनमा अन्य वस्तुको आयातमा रोक लगाए पनि अत्यावश्यक वस्तुको आयातमा भने रोक लगाइएको थिएन । सरकारले लकडाउन खुकुलोगरेसँगै अत्यावश्यक वस्तुुसँगै अन्य वस्तुको आयात बढ्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here