नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

फाइलफोटो

काठमाडौं, ४ असार । नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार मृत्यु हुनेमा सुदूरपश्‍चमका दुई जना रहेका छन् ।

जसमध्ये गोदावरी नगरपालिका-४ का ४६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका- २ की ४३ वर्षीया महिला रहेका छन् । उनलाई जेठ ३१ गते कोरोना पुष्टि भएको थियो ।

गोदावरी नगरपालिकाका पुरुषको सेती अस्पतालमा उपचारका क्रममा असार ३ गते साँझ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यस्तै, लम्कीजुहा २ कैलालीकी एक ४२ वर्षीय महिलाको पनि मृत्यु भएको छ। टाउकोमा चोट लागेर शवड्युरल हेमाटोमा भएकी उनी जेठ ३१ गते नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल भर्ना भएकी थिइन्। यो सँगै नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या २२ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here