एशियाली अर्थतन्त्रको वृद्धिदर संशोधन, अन्य देशले मार खेप्दा चीनमा ठूलो असर नपर्ने

काठमाडौं, ४ जेठ । एशियाली विकास बैंक (एडीबी) सन् २०२० मा एशियाली अर्थतन्त्रको वृद्धिदर संशोधन गरेको छ।

बिहीबार सार्वजनिक एशियन डेभलपमेन्ट आउटलुकको संशोधित प्रतिवेदन अनुसार विश्वव्यापी महामारी बनिरहेको कोरोनाको कारण शिथिल भएका एसियाका विकासशील देशको अर्थतन्त्रको वृद्धिदर ऋणात्मक हुने देखाएको छ ।

दक्षिण एशिया क्षेत्रका देशहरुको आर्थिक वृद्धिदर ३.० प्रतिशत ऋणात्मक हुने प्रक्षेपण सार्वजनिक गरेको हो।

पुरै एसियाले कोरोनाको मार खेप्दा चीनमा भने ठूलो असर नपर्ने एसियाली विकास बैंकको अध्ययनमा उल्लेख गरिएको छ ।

आउटलुकमा चीनबाहेक अन्य देशको अर्थतन्त्रमा कोरोना भाइरसको गहिरो प्रभाव पर्ने देखिन्छ ।

सन् २०२० मा चीनको अर्थतन्त्र १ दशमलव ८ प्रतिशतले विस्तार हुनेछ । एडीबीले यसअघि गत अप्रिलमा यो क्षेत्रको वृद्धिदर ४.१ प्रतिशत हुने अनुमान गरेको थियो। सन् २०२० को आर्थिक वृद्धि १९६१ यताकै न्यून हो।

त्यसमध्ये बंगलादेशले सर्वाधिक ४ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नेछ । यो आर्थिक वृद्धिदर एसियाका सबै देशमध्ये उच्च हो ।

दक्षिण एशियामा सबैभन्दा धेरै आर्थिक वृद्धिदर बंगलादेशको हुने प्रक्षेपण गरेको छ । एडीबीले यस वर्ष बंगलादेशको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

एडीबीका अनुसार नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुनेछ। यसअघि नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशतले सकारात्मक हुने अनुमान गरेको थियो ।

नेपाल सरकारले पनि आर्थिक वृद्धिदर २.२७ प्रतिशत हासिल हुने अनुमान गरिसकेको छ । नेपालले गत वर्ष ७ प्रतिशतको वृद्धिदर हासिल गरेको थियो ।

एडीबीको सुरुवाती अनुमानमा नेपालले यो वर्ष ५.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने उल्लेख थियो । यस्तै, भुटानको २.४ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

एडीबीका अनुसार यस वर्ष दक्षिण एशियामा सबैभन्दा धेरै माल्दिभ्सको आर्थिक वृद्धिदर ११.३ प्रतिशत ऋणात्मक हुने अनुमान गरेको छ ।

यस्तै, यस वर्ष भारतको ४, श्रीलंकाको ६.१, अफगानिस्तानको ४.५ र पाकिस्तानको ०.४ प्रतिशत ऋणात्मक हुने प्रक्षेपण गरेको छ । आउटलुकमा उत्तर कोरिया, जापान, मध्यपूर्वी एसियाबारे उल्लेख गरिएको छैन ।

जसमा तीन दक्षिण एसियाली देशबाहेक तुर्किमेनिस्तान, उज्वेकिस्तान, चीन, ताइवान, ब्रुनाई, म्यान्मार, भियतनाम, किरिबाटिर टुभालुको अर्थतन्त्र विस्तार हुने उल्लेख छ ।

एडीबीले आगामी वर्ष २०२१ मा भने दक्षिण एशियाली देशहरुको आर्थिक वृद्धिदर वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

आर्थिक वृद्धिदर नकारात्मक हुनेमा दक्षिण एसियाका ५ देश छन् । बैंकका अनुसार बंगलादेश, नेपाल र भुटानबाहेक सबै दक्षिण एसियाली देशको अर्थतन्त्र खुम्चनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here