आइएमईको ‘आइएमई घरमै १ लाख जितौं’ योजना

काठमाडौं । आइएमई लिमिटेडले ‘आइएमई घरमै–१ लाख जितौं’ भन्ने उपहार कार्यक्रम योजना सार्वजनिक गरेको छ।

कोभिड-१९ को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि सो योजना ल्याएको कम्पनीले जनाएको छ।

रेमिट्यान्स लिन जादा कोभिड १९ को जोखिम बढ्ने हुदा आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

सो योजना अन्तर्गत जेठ ३१ गतेबाट सुरू गरिएको “आइएमई घरमै” उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख प्रदान गरिनेछ।

त्यसैगरी हरेक हप्ता ५ जनालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ। सेवाग्राहीमुखी यो योजना असारको अन्त्यसम्म मात्र लागू गरिने कम्पनीले जनाएको छ।
स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रुपैयाँ बोनस दिइने कम्पनीले जनाएको छ।

विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिने पनि कम्पनीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here