गोरखामा थप ११ जनामा कोरोना संक्रमण

काठमाडौं, ५ असार । गोरखामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गोरखाका एक महिला र १० पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

स्रोतको अनुसार कोरोना पुष्टि हुनेमा ६जना गोरखा अस्पतालमा आइसोलेशनमा बसिरहेकाहरु हुन् भने पाँचजना भीमसेनथापा गाउँपालिकाका रहेका छन् ।

योसँगै गोरखामा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here