चार देशबाट फर्किएका थप ९५ जना जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठको ‘होल्डिङ् केन्द्र’मा

आकाश शर्मा

चतराधाम, ५ असार । सरकारले चार देशबाट उद्धार गरी ल्याईएका कामदारमध्ये थप ९६ जनालाई जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठको ‘होल्डिङ् केन्द्रमा राखिएको छ ।

शुक्रबार कुवेत, मलेसिया, ओमन र बंगलादेशबाट फर्किएका थप ९६ नेपाली कामदारहरु ‘होल्डिङ् केन्द्रमा आइपुगेका हुन् । उनिहरु झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा ,ओखलढुंगा भोजपुर आसपासका नै रहेका छन् ।

बिगत ८ बर्ष देखि श्रीराम नामको अखण्ड किर्तन भइरहेको रामानन्दाचार्य सेवा पीठमा आई पुगेकाहरुले आफू घरमै आईपुगेको भन्दै खुशी व्यक्त गरेका थिए ।

होल्डिङ व्यवस्थापन समितिले उनीहरूलाई कडा निगरानीको साथ सम्बन्धित जिल्लासँग समन्वय गरेर घर पठाइने जनाएको छ ।

विहिबार कुवेत, बंगलादेश, सिंगापुर,कम्बोडिया, थाइल्याण्डबाट फर्किएका १०५ जना ‘होल्डिङ् केन्द्रमा राखिएको थियो ।

यसअघि जेठ ३० गते कुवेतबाट उद्धार गरी ल्याएका महिला कामदारमध्ये ९३ जनालाई जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठको ‘होल्डिङ् केन्द्रमा राखिएको थियो । उनिहरुलाई सम्बन्धित जिल्लासँग समन्वय गरेर घर पठाइ सकिएको छ ।

सेवापीठले विश्वभर फैलिएको कोरोना माहामारीको कारण विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्नको लागि आश्रमको ६० कोठा उपलब्ध गराएको छ ।

श्रीरामानन्दाचार्य सेवापीठ भवनको ६० कोठामा १ सय ८० बेडको आइसोलेसनमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने गरी आयुर्वेदिक डक्टरहरू र मेडिकल टिमले तयारी सुरु गरेका छन् ।

जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ भित्र पसेर हेर माथि उठेर सोच भन्ने नारा साथ हरेक व्यक्ति भित्र रहेको अन्तर उर्जाशक्तिलाइ ध्यानको माध्यमबाट उत्थान गर्ने र हरित क्रान्तिको माध्यमबाट समाज र देश आत्मा निर्भर बन्न प्रेरित गर्ने महायोगी सिद्धबाबाको बिचार र लक्ष्यका साथ अघि बढेको संस्था हो ।

स्वच्छ नेपाल, स्वस्थ नेपाल, स्वरोजगार नेपाल,समृद्ध नेपाल, सु-संस्कारी नेपाल आपसी भाइचारा,हरित क्रान्ति आपसी सद्भावको अभियान नै मुल उदेश्य रहेको छ ।

श्रीरामानन्दाचार्य सेवापीठ स्वास्थ्य,शिक्षा,संस्कार,समृद्धि र शान्ति -‘पञ्च स’ लाइ मुलमन्त्र मानेर पाशुपत सिद्ध महायोगको माध्यमबाट मनुष्यमा देवत्व जगाउने अभियानमा लागि परिरहेको संस्था हो । साथै देशमा आयुर्वेद विश्वविद्यालयको स्थापनाको लागि संस्था सक्रिय रहँदै आएको छ ।

सेवापीठका पिठाधिश्वर महायोगी सिद्धबाबा स्वयं एक अयुर्वेदिक अनि नाडी विज्ञ (आयुर्वेदिक डाक्टर) हुन् । जसले असङ्ख्य बिकट स्थानमा गएर प्रत्यक्ष उपस्थित भइ मानवजातिको दिन रात भोक प्यास नभनी अहोरात्र सेवा गरेका छन् ।

विदेशबाट ल्याईएका १०५ जना कामदार जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठको ‘होल्डिङ् केन्द्र’मा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here