बैंकर्स संघले भन्यो, स्प्रेड तोक्ने जिम्मा बैंकलाई नै दिनुपर्छ

काठमाडौं ५, असार । नेपाल बैंकर्स एसोसिएसनले कर्जा तथा निक्षेपबीचको अन्तर (स्प्रेड) तोक्ने जिम्मा बैंकलाई नै दिन माग गरेको छ । आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकलाई सुझाब दिने क्रममा बैंकहरुले उक्त माग गरेका हुन ।

बैकंहरु बीचको तिव्र प्रतिस्पर्धालाई ध्यानमा राख्दा व्याजदर अन्तरको सीमा तहाँबाट तोक्नु सान्दर्भिक देखिदैन । छिमेकी मुलुकहरु श्रीलङका, बंगलादेश, भारतमा समेत व्याजदर अन्तरको सीमा नतोकिएको नेपालमा पनि हटाउन एसोसिएसनले माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही असारसम्म वाणिज्य बैंकहरुले स्प्रेड ४.४ प्रतिशतमा झार्नु पर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here