ई–गभर्नेन्स सुरक्षा सेमिनारको आयोजना गर्दै नेग्स, डाटा सुरक्षामा चासो

काठमाडौं, ५ असार । नेपाल ई–गभर्नेन्स सोसाइटी (नेग्स) ले ई–गभर्नेन्स तथा डाटा सुरक्षासम्बन्धी सेमिनारको आयोजना गर्ने भएको छ ।

कोरोनाभाइरसका कारण सिर्जित लकडाउनले मानिसहरुको आवागमनमा रोक लगाएपछि सूचनाप्रविधिको प्रयोग बढेको सन्दर्भमा नेग्सले नेपालमा उपलब्ध ई–गभर्नेन्स सेवा, पूर्वाधार र सुरक्षासम्बन्धी वेबिनारको आयोजना गर्ने भएको हो ।

वेबिनारलाई राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेल, एनसीआईटी कलेजका प्राध्यापक डा. पुरुषोत्तम खरेल र सुबिसु केबलनेटका डेपुटि म्यानेजर रामकृष्ण परियारले सम्बोधन गर्ने बताइएको छ ।

सनिबार दिउसो २ बजेदेखि शुरु हुने वेबनारलाई नेगोस डट ओआरजी तथा नेपाल ई–गभर्नेन्स सोसाइटीको फेसबूक पेज र युट्युब च्यानलमार्फत सहभागी हुन सकिन्छ । कार्यक्रमको सञ्चालन दीपेश घिमिरे र दीपेन्द्र पौडेलले गर्नेछन् ।

कोरोना भाइरसले सम्पूर्ण विश्वलाई आक्रान्त बनाइरहेका बेलामा शासन प्रशासन लगायत विविध क्षेत्रमा विद्युुतीय प्रणालीको प्रयोग अनिवार्य बन्दै गएको सन्दर्भमा ई–गभर्नेन्सको अनिवार्यता र महत्व अझ बढेको नेग्सको भनाइ छ ।

प्रविधिले दिएको अवसरसँगै सृजित चुनौतिलाई सामना गर्न उत्तिकै सचेत हुनु जरुरी छ, हाल समाचारमा आएका अनएथिकल एक्से तथा डाटा सुरक्षासँग सम्बन्धित कुरामा यस समाजको गम्भीर ध्यानाकर्षण भएको छ, संस्थाका अध्यक्ष सुरेन्द्र ओस्तीले भनेका छन् ।

‘सरकारअन्तर्गतका निकायहरु, कर्पोरेट क्षेत्र तथा विभिन्न संघसंस्थाद्धारा संकलित नागरिकका व्यक्तिगत गोपनियता तथा अति संवेदनशील विवरण निजी कम्पनीको डाटाबेसमा भण्डारण गरेर राख्नु, विना कुनै मापदण्ड जोकोहीले सजिलै पहुँच पाउनुले डाटा सुरक्षामा प्रश्न खडा भएको छ,’ नेग्सको भनाइ छ । उसका अनुसार समयमै उपयुक्त कदम नचालेमा भविष्यमा गम्भीर दुरुपयोग समेत हुनसक्ने संभावना देखिएको छ ।

समाजले साइबर सुरक्षासँग सम्बन्धित घटनाको सत्यतथ्य छानविन गरी कारवाहीको दायरामा ल्याउन पनि सरकारलाई अनुरोध गरेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here