सेयर ब्रोकर लाइसेन्सका लागि बैंकले राष्ट्र बैंक गुहारे

काठमाडौं ५, असार । कानूनी व्यवस्था भएपनि बैंकको सहायक कम्पनीले हालसम्म सेयर ब्रोकर लाइसेन्स नपाएको भन्दै बैंकहरुले राष्ट्र बैंकलाई गुहारेका छन् । आगामी वर्षको मौद्रिक नीतिमा सुझा दिने क्रममा बैंकले उक्त माग गरेका हुन ।

बैंकर्स संघले राष्ट्र बैंकमा बुझाएको सुझाबमा भनिएको छ । कतिपय देशहरुमा बैंकहरुले धितोपत्र ब्रोकरको कार्यहरु गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार सोका लागि केही बैंकहरुले सहायक कम्पनीहरु समेत खोली सकेको अवस्था छ ।

सो सहायक कम्पनीहरुले देशका कुना कुनामा छरिएका वाणिज्य बैंकहरुका शाखा मार्फत् ग्रामिण क्षेत्रमा पनि पुँजी बजारलाई विस्तार गर्न सक्दछन् । तर, वाणिज्य बैंकका सहायक कम्पनीले हाल ब्रोकर लाइसेन्स पाउन नसकेको अवस्था छ । यसका लागि तहाँबाट समेत पहल भएमा वित्त बजारलाई सहयोग पुग्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here