काठमाडौं, ६ असार । गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माद्धारा जारी विज्ञप्ति अनुसार शनिबार बिहान तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा र बागलुङमा कोरोना संक्रमित भेटिएका हुन् ।
यो सँगै गण्डकीमा संक्रमितको संख्या चार सय ३८ पुगेको छ।
नयाँ थपिएका संक्रमित एक १९ वर्षीया बालिका र एक महिला छन्। बाँकी सबै पुरुष हुन्। विज्ञप्तिका अनुसार तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १ र बागलुङमा ८ जना कोरोना संक्रमित थपिएका हुन्।
उनीहरु सबै भारतबाट आएर सम्बन्धित स्थानीय तहको क्वारेन्टिमा बसिरहेका छन्।