भारतमा कोरोना संक्रमितको संख्या ४ लाख नजिक, २ लाख संक्रमण मुक्त

काठमाडौं, ६ असार । भारतमा कोरोना भाइरसको संक्रमणको संख्या ४ लाख नजिक पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ७२१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित ३ लाख ९५ हजार ८१२ पुगेका छन् ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये २ लाख १४ हजार २०६ जना संक्रमणमुक्त भएका छन् । मृत्यु हुनेको संख्या १२ हजार ९७० पुगेको छ । पछिल्लो २४ घण्टामा ३६६ जनाको मृत्यु भएको छ ।

कोराना संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here