बार्सिलोना सेभियासँग बराबरीमा रोकियो

काठमाडौं, ६ असार । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले सेभियासँग बराबरीमा रोकिएको छ ।

सेभियाको घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोलिसँग एक-एक अंक बाँढेको हो ।

बराबरीले दुवै टिमलाई घाटा लागेको छ भने दोस्रो स्थानको रियललाई फाइदा पुगेको छ । बराबरीपछि बार्सिलोनाले रियलसँग ३ अंकको अग्रता मात्र बनाएको छ ।

उपाधि दाबेदारमा रहेकोे रियललाई यस नतिजाले झनै बलियो दाबेदारको रुपमा अगाडि ल्याएको छ ।

यस बराबरीसँगै शीर्षस्थानको बार्सिलोनाले ३० खेलबाट ६५ अंक जोड्दै दोस्रो स्थानको रियलभन्दा तीन अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको रियलको ६२ अंक रहेको छ । यता सेभिया ३० खेलमा ५२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here