काठमाडौंमा १ सहित उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण

काठमाडौं, ६ असार । उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार भक्तपुरका सात जना महिलामा कोरोना संक्रमण देखिएको छ।

शुक्रराज ट्रपिकल अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका सात जना महिलामा कोरोना देखिएको हो। त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका एक महिलामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ८६०५ पुगेको छ भने १ हजार ५ सय ७८ जना निको भएर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here