शिक्षाविद् अंगुरबाबा जोशीको निधन

काठमडौं, ६ असार । समाजसेवी एवम् शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ । ८९ वर्षको उमेरमा न्यूरो अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो ।

१७ वर्षअघि नै उनको घाँटीमा क्यान्सर देखिएको थियो । त्यसको केहीवर्षपछि उनलाई स्तन क्यान्सर भएको थियो । उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुखसमेत रहेकी थिइन् । विसं २०१९ मा बेलायतबाट फर्केपछि उनले पद्मकन्या क्याम्पसको प्रमुख भएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here