हिमालय एयरलाइन्सको दोस्रो चरणको चार्टड उडान तालिका सार्वजनिक

काठमाडौं, ६ असार । हिमालय एयरलाइन्सले विदेशबाट उद्धार गरेर ल्याइनेहरुका लागि दोस्रो चरणको चार्टड उडान तालिका र लाग्ने भाडादर सार्वजनिक गरेको छ ।

एयरलाइन्सले जुन २१ देखि जुन २४ भित्रमा विदेशमा अलपत्र नेपाली फर्काउन गरिने चार्टर’ उडानको मिति, टिकेटिङ एजेन्टको सुची र भाडादर सार्वजनिक गरेको हो ।

उसले तोकेको भाडा नेपाल एयरलाइन्सको भन्दा केही स्थानमा महँगो र केहीमा सस्तो देखिन्छ । हिमालयले सार्वजनिक गरेको भाडादर अनुसार मलेसियाको क्वालालम्पुरबाट काठमाडौंसम्मको भाडादर ३७२ डलर तोकिएको छ ।

यस्तै कम्पनीले सोमबार भने ३ ओटा चार्टड उडान भर्ने भएको छ । जसअन्तर्गत पाकिस्तान, माल्दीभ्स तथा कतारको दोहामा रहेका नेपालीलाई ल्याईने छ ।

यसका साथै कम्पनीले उक्त ३ स्थानबाट नेपाली ल्याउनका लागि भाडादर भने क्रमशः ३५०, ४८० र ३९२ डलर तोकेको छ ।

यस्तै कम्पनीले मंगलबार पनि यूएई, साउदी अरेबिया र कुवेतका लागि चार्टड उडान गर्ने तालिका राखेको छ ।

जसअनुसार उक्त ३ देशबाट विदेशी कामदार ल्याउन क्रमशः ३८५, ४६५ र ४१० डलर भाडादर तोकेको छ ।

उडान हुनका लागि ८० प्रतिशत सिट भरिएको हुनपर्ने उसले जनाएको छ । यात्रुले पिसिआर अथवा आरडीटी परीक्षणमा नेगेटिभ आएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here