गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ७ असार । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माद्धारा विज्ञप्ति अनुसार नयाँ संक्रमित बाग्लुङ, पर्वत, तनहुँ र म्याग्दीका छन्। बाग्लुङमा नौ जना, म्याग्दीमा चार, पर्वतमा दुई र तनहुँमा एक जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशबाट ४९ जना निको भएर घर फर्किएका छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच सय चार पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। एक संक्रमितको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here