कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो, ४८ लाख संक्रमण मुक्त

काठमाडौं, ८ असार । विश्वभर कोरोना भाइरसको संक्रमणको ९० लाख नाघेको छ । आइतबार एकैदिन एकै दिन १ लाख ३० हजार २५४ जना संक्रमितसँगै विश्वभर संक्रमितको संख्या ९० लाख ३८ हजार ८०९ पुगेको हो ।

संक्रमण मुक्त हुनेको संख्या ४८ लाख ३४ हजार १३९ पुगेको छ भने ३७ लाख ३५ हजारभन्दा बढीको उपचार भइरहेको छ । २४ घण्टामा ३ हजार ३३८ को मृत्युभएसँगै मृतकको संख्या ४ लाख ६९ हजार ६०४ पुगेको छ ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २२ हजार २ सय ४७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २३ लाख ५६ हजार ६ सय ४५ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here