सुनको मूल्य तोलाको ९१ हजार

काठमाडौं, ८ असार । सुनको भाउले अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो।

आइतबार मात्र ८ सय रुपैयाँले वृद्धि भएर ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन अघिल्लो दिनको तुलनामा यस दिन ४ सय रुपैयाँले मूल्य बढेको हो।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। अघिल्लो दिन तोलाको ९ सय ४० रुपैयाँ रहेको चाँदी यस दिन ९ सय ५० पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here