२४ अर्ब ३ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैंकले २४ अर्ब ३ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ।

राष्ट्र बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल विक्री गर्न लागेको हो । केन्द्रीय बैंकले असार ९ गते मंगलबार फरक-फरक ३ अवधिको उक्त रकम बराबरको ऋणपत्र बिक्री गर्नेछ ।

बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको १४ अर्ब ३ करोड रुपैयाँ र १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल २४ अर्ब ३ करोडको सरकारी ऋणपत्र जारी गर्ने भएको हो।

लगानीकर्ताले अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन्। उक्त सरकारी ऋणपत्रको बोलकबोल मंगलबार ३ बजे खुला गरिनेछ।

२८ दिन अवधिको सरकारी ऋणपत्र साउन ६ गते परिपक्व हुनेछ। त्यस्तै, ९१ दिन अवधिको ऋणपत्र असोज ६ गते र १८२ दिन अवधिको ऋणपत्र पुस गते परिपक्व हुनेछ।

सरकारले चालू आवमा अहिलेसम्म करिब पौने २ खर्ब आन्तरिक ऋण उठाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here