काठमाडौंका केही ठाउँमा मंगलबार दिउँसो पाँच घण्टा बत्ती जाने

काठमाडौं, ९ असार । काठमाडौं उपत्यकाका केही ठाउँमा मंगलबार दिउँसो पाँच घण्टासम्म विद्युत लाइन काटिने भएको छ।

जिर्ण पोल परिवर्तन गर्नको लागि केही घण्टा बत्ती काट्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

धापासी, च्यासिन्टोल, हात्तीगौडा, बालुवाडीपो, हेपाली, घुम्ती लगायतका क्षेत्रमा बत्ती जाने छ।

प्राधिकरणका अनुसार दिउँसो १२ बजेदेखि बेलुका पाँच बजेसम्म बत्ती काटिने छ। महाराजगञ्ज वितरण केन्द्रबाट वितरित बूढानीलकण्ठ नगरपालिका २ गणेश चोकको जीर्ण पोल परिवर्तन गर्नको लागि बत्ती काट्न लागिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here