गोरखामा तीन वर्षीय बालकसहित थप १८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ९ असार । गोरखामा १८ जना कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार ८ जना महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै भिमसेन थापा गाउँपालिकाका १२ जना, शहिदलखन गाउँपालिकाका तीन जना,बारपाक सुलिकोटका १ जना, गण्डकीका १ जना र अजिरकोट गाउँपालिकाका १ जना रहेका छन् ।

हालसम्म गोरखामा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ । यी मध्ये ८ जना निको भएर घर फर्किसकेको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here