काठमाडौं, ११ असार । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख २० हजार ९६ पुगेको छ ।
संक्रमित मध्ये ५१ लाख ६९ हजार १ सय ४१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म ४ लाख ८३ हजार ९ सय ५७ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २४ हजार २ सय ७९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २४ लाख ६३ हजार १ सय ६८ रहेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।