उपत्यकामा थप ९ जना कोेरोना संक्रमित थपिए

काठमाडौं, ११ असार । उपत्यकामा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४/४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

पाटन अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा थपिएका संक्रमितमध्ये २ महिला र २ पुरुष रहेका छन् भने ललितपुरका संक्रमित पुरुष रहेका छन् ।

यसैगरी, शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका १ महिला र ३ पुरुष गरी ४ जनामा संक्रमण फेला परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here