साउनपछि ट्रयाल पास गरेको एक महिनामै स्मार्ट लाइसेन्स !

काठमाडौं, १२ असार । यातायात व्यवस्था विभागले लकडाउनको समयमा स्मार्ट लाईसेन्स प्रिन्ट तीव्र रुपमा गरिरहेको छ ।

लकडाउनको समयको सदुपयोग गर्दै विभागले करिब साढे ३ लाख बढी स्मार्ट लाइसेन्स छापेको छ । लकडाउनका कारण सवारी लाइसेन्स परीक्षा बन्द छ ।

तर यसअघि नै परीक्षा पास गरेका र नविकरण गरेका लागि स्मार्ट लाइसेन्स वितरण गर्न नसकेको यतायात व्यवस्था विभागले लकडाउनको सदुपयोग गर्दै स्मार्ट लाइसेन्स छापेको हो । लकडाउन केही खुकुलो भएपछि हाल छपाइको काम दुई सिफ्टमा सञ्चालन गरिएको छ ।

अब आम सवारी चालकले स्मार्ट लाइसेन्स लिनको लागि लामो प्रतिक्षा गर्नु नपर्ने विभाग स्रोतले जनाएको छ ।

अब बाँकी लाइसेन्स छाप्ने काम सकिएपछि डाइर्भिङ ट्रयाल परीक्षा पास गरेको १ महिनामै लाइसेन्स पाउनु हुनेछ ।

सो अवधिमा छापेको सवारी साधन अनुमतिपत्र बाड्न शुरु गरेको छ । हाल विभागले दैनिक यातायात कार्यालयबाट तीन हजारभन्दा बढी लाइसेन्स वितरण वितरण गरिरहेको छ ।

कोभिडलाई मध्यनजर गर्दैै लकडाउन खुकुलो भएपछि सामाजिक दूरी कायम गर्दै धेरै भिड नहुने गरी विभागले लाइसेन्स वितरण शुरु गरेको हो ।

सरकारले चैत पहिलो साता नै कोरोना भाइरसको जोखिम रोकथामका लागि नयाँ सवारी चालक अनुमति पत्र जारी नगर्ने निर्णय सहित सूचना जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here