‘समस्या अनेक सुरक्षित समाधान मात्र एक मोटरहेड’ स्किम, यस्ता छन् फाइदा

काठमाडौं । मोटरहेड ब्रान्डको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले ‘समस्या अनेक, सुरक्षित समाधान मात्र एक–मोटरहेड’ स्किम लागू गरेको छ।

कोरोनाले सिर्जना गरेको असहज परिस्थितिमा ग्राहकलाई सहज खरिदको प्रत्याभूति दिलाउन नयाँ स्किम ल्याएको कम्पनीले जनाएको छ। मोटरहेडले यस ब्रान्डका डर्ट, स्क्राम्बलर र स्पोर्ट बाइकहरु उपलब्ध गराउँदै आएको छ।

कम्पनीले पाँच मोडल टेक्कन २५०, एमएच२०० एक्स, स्पोर्ट्स २५० (रोड भर्सन र अफरोड भर्सन) र एक्स टर्क २५० (स्ट्रिट भर्सन)मा सिधै १५ हजार र अन्य दुई मोडल एमएच१५० आर (स्ट्रिट भर्सन) र स्क्राम्बलर २५० (स्ट्रिट भर्सन)मा २० हजारसम्मको छुट स्किममार्फत दिएको छ।

यसबाहेक ग्राहकले कुनै पनि मोडल खरिद गर्दा आगामी आवको शतप्रतिशत करछुट, तेस्रो पक्ष बीमाका साथै खरिदकर्ताको निःशुल्क कोभिड बीमा पनि गराउने कम्पनीले जनाएको छ।

यी फ्ल्याट डिस्काउन्ट वाहेक ग्राहकले कुनै पनि मोडल खरिद गर्दा आगामी आर्थिक वर्षको शतप्रतिशत कर छुट, तेस्रो पक्ष बिमाको साथ खरिदकर्ताको फ्रि कोभिड बीमा पनि गराउने छ ।

परिस्थिति जस्तो सुकै भए पनि ग्राहकको मनस्थितिलाई सदैव सकारात्मक राख्ने कम्पनीको लक्ष्यलाई यस अफरमार्फत ग्राहकको चाहनालाई सहज वातावरण उपलब्ध गराउने कम्पनीको विश्वास रहेको छ ।

नेपालभर उपलब्ध १२ स्थानका कम्पनीका डिलर तथा शाखाबाट यो अफर प्राप्त गर्न सकिने छ । सो अफर यही असार १२ देखि लागु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here