काठमाडौं, १३ असार । भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ ।
भारतमा ५ लाख ९ हजार जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म भारतमा १५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ सय ८१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।
भारतमा निको भएर घर फर्किनेको संख्या २ लाख ९५ हजार पुगेको छ ।