सलह किरा प्रवेश गरेसँगै किसानहरु चिन्तित, बच्न यी विधि अपनाउन विज्ञको सुझाव

काठमाडौं, १४ असार । कोरोना भाइरसको महामारीले सबै क्षेत्रमा प्रभावित बनिरहेका बेला पश्चिमी क्षेत्रबाट सलह किरा नेपाल प्रवेश गरेपछि किसानहरु चिन्तित बनेका छन् ।

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपाल प्रवेश गरेसँगै यसले सम्पूर्ण कृषि क्षेत्रमा असर पुर्‍याउने किसानको चिन्ता छ ।

कृषिविदहरु पनि सलह नाम गरेका फट्यांग्राले नेपालको समग्र कृषि क्षेत्रमा असर पुर्‍याउने बताउँछन् ।

छिमेकी मुलक भारतको बिहार हुँदै सलहको नेपाल छिरेको एउटा सलहको तराई हुँदै पहाडीक्षेत्रमा पनि उक्लिसकेको छ । ठूलो समूहमा हुने सलहले दैनिक १ सय ५० किलोमिटरसम्मको दुरी पार गर्न सक्छन् ।

औसतमा एउटा बथानले २५ हजारभन्दा बढी मानिसलाई खान पुग्ने खाना एक दिनमा खान सक्ने विज्ञहरु बताउँछन् । सलहले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति क्षति पुर्‍याउने गरेको छ ।

सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्‍याउने क्षतिका र नियन्त्रणका उपायका विषयमा कृषि मन्त्रालयले आवश्यक तयारी थालेको छ ।

कृषि विज्ञहरुको टोलीले कति संख्यामा सलह भित्रिएको हो । त्यसले कति क्षति गर्न सक्छ भनेर अध्ययन थालिसकेको कृषि मन्त्रालयले जनाएको छ ।

के हो सलह किरा ?

सलह किरालाई अग्रेजीमा (लकस्ट) भनिन्छ । सलह त्यस्तो प्रकारको किरा हो यो उड्दा सुर्यको प्रकाश नै छेक्छ । धेरै मरुभूमि भएको स्थानमा यो किराको बढी प्रकोप हुन्छ ।

सलह किरा एक-अर्कामा झुम्दै बथान भएर उड्छन् । जहाँ एउटा बथानमा करिब ४ करोड भन्दा बढी किरा हुने गर्छन् । आजभन्दा ७० वर्षअघि नेपालमा सलह किरा देखिएको थियो ।

यसबाट बच्नका लागि के गर्नुपर्ला ?

प्राविधिक रुपमा यसबाट बच्नका लागि एग्री नेपालले १४ वटा विधि सार्वजनिक गरेको छ ।

सलह कीराको प्रभाव बारा, पर्सा, सिन्धुली, सर्लाही, रुपन्देहीलगायत जिल्लामा देखिएको छ ।

१.सलहलाई आगो बालेर धमाउने

२.हावाको वहाव परिवर्तन गरेर

३.धुवा हुने बस्तु बालेर

४. सहललाई आहारा बाउने जस्तै हाँसलाई खुला छोड्ने

५.थाल ठटाउन र ठूलो आवाज निकाल्ने

६.ठूलो आवाज आउने बाजाहरु बजाउने

७.म्युजिक सिस्टमलाई ठूलो पारेर बजाउने

८किटनासक औषधि प्रयोग गर्ने

९.सलहले प्रजनन गर्न सक्ने स्थानहरु नष्ट गर्ने

१०.लसुन पानी छकर्ने

११.पातमा पिठो छकर्ने

१२.झुल र जालको प्रयोग गर्ने

१३. माकुरोलाई सलह भएको तर्फ छोड्ने

१४ र छेपारोले पनि सलहलाई नष्ट गर्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here