सोमबारदेखि सेयर बजार खुल्ने

काठमाडौं, १४ असार । धितोपत्र बोर्डले असार १५ गते सोमबारदेखि सेयर बजार खोल्ने निर्णय गरेको छ ।

आइतबार बसेको नेपाल धितोपत्र बोर्ड संचालक समितिको बैठकले सोमबारदेखि सेयर कारोबार गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ ।

यससँगै भोलिदेखि बजार खुल्ने निश्चित भएको हो । अब कुन मोडलमा कसरी बजार खोल्ने भन्ने निर्णय चाहिँ नेप्सेले गर्ने छ ।

लकडाउन खुकुलो भए पनि अत्यावश्यक क्षेत्रमा पर्ने पुँजीबजार अझै सञ्चालन नगरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला बोर्ड बजार खोल्ने निर्णयमा पुगेको हो ।

यसअघि बजार वैशाख ३० र ३१ गते दुईदिन खुलेको थियो । त्यो बेला बजार दैनिक २ घन्टा (११ देखि १ बजेसम्म) कारोबार भएको थियो ।

नेपाल धितोपत्र बोर्डद्धारा गठित कमिटी र लगानीकर्ताका संघसंगठनका बीच भएको छलफलमा बजार सुधार र विकासका लागि आवश्यक काम नगरी बजार खुला गरे आन्दोलन गर्ने घोषणा गरेका लगानीकर्ताहरुले शुक्रबार भने सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

अबोप्रान्त धितोपत्र बजार बन्द नगर्ने व्यवस्था मिलाउन र धितोपत्र कारोबारका विषयमा आम लगानीकर्ताहरुलाई सुसूचित गर्ने र घरमै बसेर लगानीकर्ताहरुले धितोपत्र खरिदबिक्री गर्न प्रोत्साहित गर्ने निर्णयमा लगानीकर्ता संघ सहमत भएसँगै यसैसाता देखि बजार खोल्ने निर्णयमा बोर्ड पुगेको थियो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here