सुनको मूल्यले राख्यो रेकर्ड, कति पुग्यो तोलाको ?

काठमाडौं, १४ असार । आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सयले बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको छ । यो नै अहिले सम्मको उच्च भाउ हो ।

शुक्रबार तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । गत बुधबार सुनको भाउ ९१ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि ९० हजार ८ सय ६० तोकिएको छ । शुक्रबार ९० हजार १ सय ६० तोकिएको थियो । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर ९४५ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य ९ सय ४५ रुपैयाँमा कायम छ। यो मूल्य शुक्रबारको तुलनामा ५ रुपैयाँले बढी हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here