रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा तालिकाको पुछारमा रहेको इस्पानियोलमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै शीर्ष स्थानमा फर्किएको हो।

अवे मैदान भएको खेलमा निकालेको यो जितसँगै रियल मड्रिडले बार्सिलोनासँग २ अंकको दुरी कायम गरेको छ।

जितसँगै रियालले ला लिगामा बार्सिलोनासँगको दूरी दुई अंकमा पुर्याएको छ । ३२ खेलमा रियालको ७१ अंक भएको छ भने बार्सिलोनाको ६९ अंक छ । इस्पानोयल भने २४ अंकका साथ रेलिगेसनको संघारमा रहेको छ ।