सर्किट ब्रेकर पछि पनि नेप्सेमा घट्ने क्रम रोकिएन

काठमाडौं १५, असार । २० मिनेट बन्द भएर खुलेको बजारमा पनि अझै घटने क्रम रोकिएको छैन । नेप्से निरन्तर ओरालो लागिरहेको छ । तर, गिरावट दर भने केही कम रहेको देखिएको छ ।

यसअघि कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से ४ प्रतिशतले घटेपछि ऋणात्मक सर्किट ब्रेकर मार्फत कारोबार बन्द गरिएको थियो ।

दोस्रो घण्टामा ५ प्रतिशतले बजार घट/बढ भएपछि ४० मिनेट र त्यसपछि ६ प्रतिशतले घट\बढ हुँदा सो दिनको कारोबार नै बन्द गर्नुपर्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here