कारोबारको पहिलो दिनमै पुनर्बीमा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं, १५ असार । नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा कारोबारको पहिलो दिन नै १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ।

लकडाउनको बीच बाँडफाँट गरि सूचीकरण गरिएको यस कम्पनीको सेयर यस दिन ४२४ रुपैयाँमा पहिलो कारोबार भएको थियो। बजार तीव्र गतिमा ओरालो लागेसँगै यस कम्पनीको सेयर मूल्य पनि ओरालो लागेको हो।

मार्केट डेप्थ अनुसार सो कम्पनीको सेयरमा बिक्रीचाप बढी देखिएको छ भने खरिदचाप शून्य रहेको छ।