एडीबीद्धारा नेपाललाई २४ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं, १५ असार । एसियाली विकास बैंकले नेपाललाई २४ अर्ब रुपैयाँबराबरको ऋण दिने भएको छ ।

ऊर्जा आपूर्ति र वितरण प्रणाली आधुनिकीकरण गर्न एसियाली विकास बैंकले २० करोड डलर सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो ।

काठमाडौंस्थित एडीबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधार, उत्पादन र भारप्रेषण केन्द्रको सुदृढीकरणका लागि उक्त रकम सहुलियत ऋणस्वरुप नेपाललाई प्रदान गर्न स्वीकृत भएको हो ।

उक्त रकम काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, पोखरा उपमहानगरपालिकाका साथै प्रदेश नं २ मा विद्युत् आपूर्ति र वितरणलाई प्रभावकारी तुल्याउन खर्च गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here