टिकटकसहित ५९ वटा चिनियाँ एप भारतमा प्रतिबन्ध, कुन-कुन परे ? (सूचीसहित)

काठमाडौं । भारत र चीनबीच सीमा विवाद जारी छ । दुवै देशबीचको विवाद चरमतातिर पुगेको छ ।

जुन १५ मा लद्दाखस्थित सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो। त्यसयता भारत र चीनबीच तनाव बढेको हो ।

यस्तोमा भारतीय सुरक्षा एजेन्सीले सुरक्षा खतरा देखाउँदै केहि चिनियाँ एपहरु प्रयोग गर्न बन्द गरेको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार सुरक्षा एजेन्सीले ५९ एप प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्ध लगाइएकामा सेयरइट, यूसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपजस्ता एप छन्। टिकटक भारतमा अत्यन्त लोकप्रिय एप हो। टिकटकका २ अर्ब प्रयोगकर्तामध्ये ६० करोड भारतमा छन्।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार सुरक्षा एजेन्सले चिनियाँ एप बन्द गर्न गरेको प्रस्ताव भारतको राष्ट्रिय सुरक्षा काउन्सिलले पनि समर्थन गरेको थियो । काउन्सीलले पनि चिनियाँ एप भारतको सुरक्षामा खतरा पर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here