‘हामी कोरोना महामारीको अन्त्यबाट अझै टाढा छौं, खराब चरण आउन बाँकी छ’- डब्लुएचओ

काठमाडौं, १६ असार । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोरोना भाइरसको महामारीले अझै चरम रूप लिन बाँकी नै रहेको चेतावनी दिएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघि सकेको र ५ लाख ७ हजार बढिको मृत्यु भैसकेको अवस्थामा अझै चरम रूप लिन बाँकी नै रहेको बताएका हुन् ।

एड्हानोमले विश्वभरका सरकारले सही नीति पालना गरेनन् भने कोरोना भाइरसले अझै धेरै मानिस संक्रमति हुने जोखिम रहेको बताएका छन् ।

भर्चुअल प्रेस ब्रिफिङका क्रममा उनले महामारी अन्त्यवाट संसारका मुलुकहरु अझै टाढा रहेको बताएका हुन् । संक्रमण नियन्त्रणमा केही देशले राम्रो काम गरिरहेपनि विश्वस्तरमा महामारी फैलावटको गति तीव्र बनिरहेको भन्दै उनले चिन्ता समेत प्रकट गरेका छन् ।

समस्या सुल्झाउनका लागि विश्व एकता र सहकार्य नभए थप खराव समय आउनसक्ने उनको चेतावनी छ । भर्चुअल ब्रीफिंगमा टेड्रोस भन्छन, ‘हामी सबै चाहन्छौं यो अन्त्य होस् । हामी सबै आफ्नो दैनिक जीवनमा फर्कन चाहन्छौं। तर कटु सत्यता यो हो कि हामी यस महामारीको अन्तबाट अझै टाढा छौं ।’

कोरोना महामारीकै कारण कति देशको स्वास्थ्य क्षेत्र तहसनहस भएको छ । विश्व अर्थतन्त्र अत्यन्त खराब अवस्थाबाट पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here