जीवन बीमा कम्पनी: लकडाउनमा कुनले कति आर्जन गरे बीमा शुल्क ?

काठमाडौं, १६ असार । लकडाउनको तीन महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ८ अर्ब ६१ करोड बीमा बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा समितिको तथ्यांक अनुसार चैत, बैशाख र जेठ गरी तीन महिनामा सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।

जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न आ-आफ्ना भिन्नै खालका बीमा योजनाहरु बिक्री गर्दै आईरहेका छन् ।

लकडाउनमा सबैभन्दा बढि बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।

नेपाल लाइफले तीन महिनाको अवधिमा करिब ३ अर्ब रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेको छ।

चैतमा ६५ करोड, बैशाखमा ५० करोड संकलन गरेको थियो । जेठमा १ अर्ब ७२ करोड गरी कुल २ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सले चैतमा २२ करोड, बैशाखमा १० करोड र जेठमा ३४ करोड गरी कुल ७६ करोड रुपैयाँ बराबरको बीमाशुल्क कमाएको छ।

ज्योति लाइफले तीन महिनाको अवधिका ३० करोड, युनियन लाइफले ५३ करोड, एशियन लाइफले ५१ करोड आर्जन गरेको छ ।

त्यस्तै यस अवघिमा सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा सन नेपाल लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ रहेका छन्। तीनवटै कम्पनीले ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here