लगातार दोस्रो दिन पनि पुनर्बीमा कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं, १६ असार । मंगलबारको बजार अस्वभाविक रुपमा बढेपछि पुनः सर्किट ब्रेक लाग्दा पनि नेपाल पुनर्बीमा कम्पनीको सेयरले भने बजार पाउन सकेन् ।

नेपाल पुनर्बीमाको सेयर मूल्यमा दोस्रो दिन पनि नेगेटिभ सर्किट लागेको छ। बजार खुलेदेखि नै घट्न थालेको कम्पनीको मूल्य आधा घण्टा नपुग्दै झण्डै १० प्रतिशतले घटेको हो।

कम्पनीकोसेयर मूल्य प्रतिकित्ता ३८ रुपैयाँले घटेर ३४४ रुपैयाँमा झरेको छ। सोमबारदेखि खुलेको कम्पनीको सेयर पहिलो दिन पनि झण्डै १० प्रतिशत अर्थात ४२ रुपैयाँ घटेर ३८२ रुपैयाँमा झरेको थियो।

यो कम्पनीको सेयर पहिलो दिन नै प्रतिकित्ता ४२४ रुपैयाँमा कारोबार खुलेको थियो।

मार्केट डेप्थमा यो कम्पनीको सेयरमा बिक्रीचाप बढी देखिएको छ। त्यहाँ ५० हजार ४३० कित्ता बिक्रीमा राखिएको देखिएको छ। खरिदतर्फबाट भने एउटा पनि कित्ता परेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here