अष्ट्रेलियामा नेपाली युवतीले चक्कु देखाएर लुटेरा लखेटेपछि…

काठमाडौं । अष्ट्रेलियाका मिडियामा नेपाली युवतीले चक्कु देखाएर लुटेरा लखेटेपछि चर्चामा छाएकी छिन्।

रौटहट चन्द्रनिगाहपुरकी स्थायी वासिन्दा पवित्रा कार्कीले साँझ सात बजेतिर पसलमा बसिरहँदा एक्कासी मुख छोपेर क्यास काउन्टर लुट्न आएको लुटेरालाई चक्कु देखाएर धपाएपछि उनको सर्वत्र चर्चा भएको हो।

न्यु साउथ वेल्सको अबर्नमा रहेको मार्टमा काम गर्दागर्दै लुटेरा मार्टभित्र छिरेर नेपाली युवती कार्कीलाई डर देखाउंदै पैसा मागेको थियो। तर पवित्रा कार्कीले भान्सामा प्रयोग गरिने चक्कु देखाउंदै लुटेरालाई नै भगाइदिइन्।

स्थानिय मिडियाले उनलाई साहसी युवतीको रुपमा चित्रित गर्दै घटनाको बारेमा समाचार प्रकाशन गरेका छन्।

सोमबारको यो घटनापछि स्थानीय प्रहरी आएर उनको व्यक्तिगत रिपोर्ट तथा सिसिटिभी फुटेज लगिसकेको छ। स्थानीय अष्ट्रेलियन टिभी च्यानलले समेत पवित्राको बहादुरीको गाथा प्रशारण गरिसकेका छन्।

को हुन् बहादुर युवती ?

तीन वर्षअघि अष्ट्रेलियामा आइपुगेकी पवित्रा दिदीसँग अर्वनमा बसोबास गर्दै आएकी छिन्। अर्वनमा रहेको क्याटमान्डु मिक्स बिजनेस नामक सो स्टोरमा सोमबार घटना घटेको हो । उनी सधै बिहान र दिउँसो मात्र पसलमा वस्थिन ।

उनले नै पसल संचालनमा आएपछि साँझ काम गरेको पहिलो दिनमा नै जीवनमै सोच्दै नसोचेको विपक्ती आईलाग्यो । तर उनले गलत प्रवृतिको डटेर लडिन र सफल पनि भईन ।

यसरी भयो घटना

युवतीको अनुसार घटना साँझ सात बजेर ९ मिनेट तिर पसलमा बसिरहँदा एक्कासी मुख छोपेर एक जना मान्छे पसलमा प्रवेश गरेको थियो । आफ्नो ग्राहक भनेर सोच्दा सोच्दै आएर क्यास काउन्टर अगाडि आएर पैसा माग्यो।

एकछिन त उनी अक्क न बक्क परिन्। त्यत्तिकैमा लुटेराले सिधै पवित्रा बसेको स्थानमा आएर पैसाको काउन्टरमा हात हाल्न लाग्यो।

उनले लुटेराको हात समातिन्, त्यत्तिकैमा हात हालाहाल हुँदा पवित्राले आफू छेउमा रहेको सानो तरकारी काट्ने चक्कु देखिन्। सोही चक्कु समातेपछि लुटेरा हच्कियो। उनले चक्कु लिएर लखेट्न थालिन्। लुटेरा कहाँ गयो, उनलाई पत्तो भएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here