पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, १६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

मंगलबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढाएको हो। भारतीय आयल निगमल पठाएको नयाँ खरिद मूल्यसूची अनुसार लागत बढेर आएपछि निगमले इन्धनको मूल्य बढाएको जनाएको छ ।

अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ८७ रुपैयाँ पर्नेछ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here