बुधबार काठमाडौंका यी स्थानमा दिनभर लोडसेडिङ !

काठमाडौं, १६ असार । काठमाडौंका विभिन्न ठाउँमा बुधबार दिनभर बत्ति जाने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार चक्रपथ विस्तारको काम गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुन लागेको हो ।

कुलेश्वर वितरण केन्द्रअन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ विस्तार कार्यको लागि सडकको दायाँ बायाँको विद्युतीय संरचना स्थानान्तरण हुनेछ ।

जसका कारण स्वीचाटार पुलबाट सितापाइला चोकसम्मको ११ केभी लाइन चार्ज गर्नु पर्ने भएकोले बुधवार विहान ११ बजेबाट साँझ ५ बजेसम्म लाइन सट डाउन गरिने प्राधिकरणले जनाएको छ ।

उक्त फिडरअन्तर्गत सितापाइला, बुढाथोकी कोल्ड स्टोर ,मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फेक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायत क्षेत्रमा बत्ति जाने छ ।

मर्मतको काम निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here